रोकियो प्रधानमन्‍त्रीको सम्बोधन !

प्रधानमन्त्री केपी शर्मा ओली ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट देशवासीका नाममा गर्ने भनिएको सम्बोधन रोकिएको छ। प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो साढे २ बजे प्रतिनिधिसभालाई सम्बोधन गर्ने भनिएतापनि विशेष कारण स्थगित भएको उनको निजी सचिवालयले जनाएको छ ।

संविधान दिवसको अवसरमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम तय भएकाले आजको सम्बोधन स्थगित भएको हो । बिहीबार प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधनसँगै दुबै सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम तय भएको थियो । बिहीबार बिहान तय भएको पार्टी सचिवालय बैठकसमेत स्थगित भएको थियो ।

बिहीबार बिहान ९ बजे बस्ने भनिएको बैठकमा संगठनात्मक एकता टुंग्याउने तयारी थियो। नेकपामा केन्द्रीय निकायमा जिम्मेवारी बाँडफाट गर्न बाँकी छ। केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, प्रवास कमिटीलगायतमा जिम्मेवारी तोकिएको छैन।

 

प्रकाशित मिति: : 2019-09-19 14:37:51

प्रतिकृया दिनुहोस्