विदेशमा रहेका नेपालले पनि मतदान गर्न सक्छन्: आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको बताएका छन् । तर त्यसका लागि सरकारले छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने उनले बताए ।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले बुथ राखेर विदेशमा रहेका नेपाली नागरिकहरुले मतदान गर्ने विद्यमान कानुनी व्यवस्थाको प्रयोजन हुने अवस्था नरहेकाले सरकारले अन्य विकल्पको प्रयोगका लागि नयाँ कानुन बनाउनुपर्ने पनि स्पष्ट पारे ।

निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनको तयारीको कामलाई तीब्रता दिइएको पनि जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले सो निर्वाचनका लागि मतदाता नामावली अध्यावधिक गर्ने कामलाई सुरु गरिएको पनि समितिलाई जानकारी गराए । २१ वटा राजनीतिक दलहरुले सो उपनिर्वाचनमा भाग लिनका लागि निवेदन दिएको पनि निर्वाचन आयोगले जनाएको छ ।

आगामी मंसीर १४ गते प्रतिनिधिसभाको कास्की क्षेत्र नम्बर २, प्रदेश सभा अन्तरगत बाग्लुङ, दाङ र भक्तपुर तथा स्थानीय तहका ४७ वटा रिक्त सिटमा उपनिर्वाचन हुँदैछ ।

 

 

प्रकाशित मिति: : 2019-09-19 14:28:31

प्रतिकृया दिनुहोस्