किन राखियो- नेपालको राजसिंहासन १८ दिनसम्म खाली?

के भीमसेन थापा नेपाली नेपोलियन बोनापार्ट बन्न चाहन्थे ? - एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

पृथ्वीनारायण शाहले नेपाल एकीकरण अर्थात् गोरखा राज्य बिस्तार गरेपछि नेपालको राज्यसत्ता शाह, थापा, पाण्डे र राणा परिवार वरपर घुमेको पाइन्छ । २०४६ सालमा नेपालमा एकतन्त्रीय शासन ब्यवस्था समाप्त भयो । अहिले २०७६ सालमा समेत राजपरिवारका सदस्य र भाइभारदारको नेपालको शासन ब्यवस्थामा उपस्थिति छ।

नेपालले राजनीतिक परिवर्तनका दिशामा ठूलो फड्को मारेको छ । यसैका लागि देशले ठूलठूला परिवर्तनकारी आन्दोलन भोगेको छ । १२ बर्षे सशस्त्र संघर्षदेखि जनजाति तथा मधेस आन्दोलनका नाममा कयौँ हजार नेपालीको ज्यान गएको छ । राजतन्त्र नमासी देशको समानुपातिक र न्यायिक बिकास हुन सक्दैन भन्ने अबधारणमा सबै राजनीतिक पार्टी एकमत भएकै कारण देश अहिले गणतान्त्रिक प्रणालीमा आइपुगेको हो ।

यति धेरै राजनीतिक परिवर्तन भएपनि नेपालका राज्य प्रशासनका सयन्त्र नेताका लहड या निर्देशनका भरमा चलिरहेका छन् । कर्मचारीतन्त्र तहसनहस र भ्रष्टाचारको दलदलमा फसेको छ । परिणाम र प्रतिफललाई ध्यानै नदिइकन निर्देशन या बलजफ्तीका भरमा सरकारी ढुकुटी जथाभावी बितरण र बिचलन हुदै आएको छ । सरकारी कामकाज अझै पनि राणाकालिन शैलिकै छन् र नागरिकको समस्याको सुनुवाइ बेलैमा नहुने गुनासो यत्रतत्र छ ।

यो पनि हेर्नुहोस्
विश्वकर्मा पूजा
यो पराकाष्ठा र छाडापनलाई पनि यत्रा-यत्रा आन्दोलनहरुले किन बिसर्जित गर्न सकेका छैनन् ? किन बिकासको गति धिमा छ ? किन लाखा र पाखाको ब्यवहार राजनीतिक पार्टीदेखि कर्मचारीतन्त्रसम्म लागु भइरहेको छ ? किन नेपालमा बिश्वासको कमी हुँदै गइरहेको छ ? र, अझैपनि किन उदार तानाशाहको कल्पना गरिदैछ ? यस्ता कयौँ प्रश्नको जवाफ इतिहाससँग सोध्नुपर्ने हुन्छ । तर, हाम्रो इतिहास मुलत: शासकको गाथा भएकाले यस्ता प्रश्नहरूको उत्तर पाउँन लगभग असम्भव छ ।

ब्रिटिस सरकारले तयार पारेको एकतर्फि असमान सुगौली सन्धिका बुँदा पढ्दा हाम्रो मनमष्तिष्क छिया छिया हुन्छ । हरेक सच्चा देशभक्तका निम्ति आजपर्यन्त यो पीडा नीलो पीडाका रूपमा गढेको पाइन्छ । चाहे मानवीय पीडा होस् वा युद्दकालीन पीडा- यो पुस्तकले ठाउँ ठाउँमा गरेको त्यसको चित्रणले आँखा रूझ्छन् ।

हामी प्रत्यक्ष या अप्रत्यक्ष रुपमा तिनै इतिहासका चालचलनबाट निर्दैशित भइरहेका हुन्छौँ । यो उदाहरण बिक्रम सम्वत् २०७५ सालमा प्रकाशित इतिहास शिरोमणि बाबुराम आचार्यको 'भीमसेन थापा : उत्थान तथा पतन' भन्ने पुस्तक पढेपछि छर्लँङ्गै हुन्छ । राज्य चलाउने प्रधानमन्त्री भनौँ या मुख्य प्रशासक ऊ यदि दक्ष छैन भने कर्मचारीतन्त्र पंगु र सरकारको हुकुमीतन्त्रको चेपमा पर्दोरहेछ । यो पुस्तकमा उसबेलाका मुख्तियार (अहिलेका प्रधानमन्त्री) भीमसेन थापाको उत्थान र पत्थनको कथा कुनै फिक्सन सिनेमा हेरेजस्तै गरी बर्णन गरिएको छ ।

राजा रणवहादुर शाहसँगै हुर्केबढेका भीमसेन थापाको उदय हत्या र हिँसाबाट शुरु भएको छ भने उनको पतन आत्महत्याबाट । उसबेला मुख्तियार तथा काजी या चौतारियाले साथमा हतियारका रुपमा तलवार या खुकुरी बोक्ने चलन थियो । आँफैले भिरको खुकुरीले आँफ्नै गर्दनमा हानेर दर्दनाक मृत्यू बेहोरेका भीमसेन थापाको अन्तेष्ठी पनि हुन पाएन । उनको लाश गिद्द र स्याललाई खान दिइयो । यो त उनको ब्यक्तिगत कुरा भयो तर उनै अपरिपक्व भीमसेन थापाको एकतन्त्रीय फौजी शासनमा नेपालले अँग्रेजसँग युद्द लड्नु पर्यो । केही भारदार ( उसबेलाको मन्त्री) ले हातहतियारले सुसज्जति ब्रिटिससँग लडाइँ लड्नुभन्दा केही भूभाग गुमाएरै भएपनि बाँकी भूभाग रक्षा गर्नुपर्छ भनेका थिए । आफ्नो सैनिक क्षमता कमजोर हुँदाहुदै पनि देशलाई जबर्जस्त युद्दमा धकेलिएको प्रसंग यो पुस्तकमा सबिस्तार छ । बिना सुझबुझ र लहडका भरमा गरिएका लडाईंको परिणामकै कारण बहादुर शाह र उनको आफ्नै पालामा समेत दु:खका साथ आर्जन भएको नेपालको दुईतिहाई भूमि सुगौली सन्धीमार्फत गुम्यो।

यो पनि हेर्नुहोस् 
जुम्ला-रारा अल्ट्रा म्याराथन
ब्रिटिस सरकारले तयार पारेको एकतर्फि असमान सुगौली सन्धिका बुँदा पढ्दा हाम्रो मनमष्तिष्क छिया छिया हुन्छ । हरेक सच्चा देशभक्तका निम्ति आजपर्यन्त यो पीडा नीलो पीडाका रूपमा गढेको पाइन्छ । चाहे मानवीय पीडा होस् वा युद्दकालीन पीडा- यो पुस्तकले ठाउँ ठाउँमा गरेको त्यसको चित्रणले आँखा रूझ्छन् । हामीलाई आज पनि ब्रिटिसका सामू झुकेर बस्नु परेकोमा, लत्रेर बाँच्नु परेकोमा आत्मग्लानी र पीडाबोध हुन्छ । नेपाल अहिले एक पहाडी मूलुक बन्नुका पछाडि उसबेलाको ब्रिटिस सरकारको ठूलो रणनीतिक कारण रहेछ । अग्रेजहरुले महाभारत, चुरे र शिवालिक पर्वतका फेदीमा लम्पसार रहेका कयौँ एकड समथर भूभागहरु जसरी पनि र जुन षडयन्त्र गरेर भएपनि खानेदाउ गरेका रहेछन् । हाम्रा वीर योद्दा भोको पेट र नांगा खुकुरीका भरमा तोपगोला र बारुदका सामुन्ने यी क्षेत्रको रक्षार्थ लडेका रहेछन् ।

पुस्तक पढेपछि हामीलाई पृथ्वीनारायण शाह, बहादुर शाह, कालु पाण्डेमाथि अपार श्रद्दा जागेर आउँछ । त्यसो त उसबेला जबरजस्त सती पठाइएका रानी र उनीहरुका सुसारे महिला सदस्यप्रति असाध्यै दया जागेर आउँछ । घर फुट्दा बाहिरका शत्रु कसरी बलिया हुदारहेछन् परिवार फुटेपछि परिवारका सदस्यबीच कसरी विश्वास गुमेर पुस्तौ पुस्तासम्म झगडाको बदलाभाव र तुष पाइनेरहेछ भन्ने कुरा पुस्तकले छर्लङ्गै पार्छ ।

बर्षौँदेखि नेपाललाई शाहवंशीय राजपरिवारले शोषण गरेको भनिन्छ, तर पुस्तक पढ्दैजाँदा कतिपय अर्थमा त्यसो भनिनु युक्तिसंगत रहेनछ भन्ने लाग्छ । राजालाई कहिले मुख्तियारले त कहिले श्री ३ महाराजले  लालमोहर या निस्सा लगाउने काममा मात्र प्रयोग गरिएको इतिहासका पानामा भेटिन्छन् । ती पल्टाउँदै जाँदा त्यो आरोपमा पूरापूर सहमत हुन सकिदैन । यो पुस्तक ठीक राणा शासनको उदय हुनुपूर्व लेखिएको हो । पुस्तकले रणबहादुर र गीर्वाणयुद्द बिक्रम शाहको जीवनकालसम्मको अबधिको ब्याख्या गर्छ । रणबहादुर शाहको दर्दनाक हत्या भएपछि भीमसेन थापाले एकछत्र रजाइँ गरेको कुरो पुस्तकमा पढ्न पाइन्छ ।

बर्षौँदेखि नेपाललाई शाहवंशीय राजपरिवारले शोषण गरेको भनिन्छ, तर पुस्तक पढ्दैजाँदा कतिपय अर्थमा त्यसो भनिनु युक्तिसंगत रहेनछ भन्ने लाग्छ । राजालाई कहिले मुख्तियारले त कहिले श्री ३ महाराजले  लालमोहर या निस्सा लगाउने काममा मात्र प्रयोग गरिएको इतिहासका पानामा भेटिन्छन् । ती पल्टाउँदै जाँदा त्यो आरोपमा पूरापूर सहमत हुन सकिदैन ।

यो पुस्तकमा छुटेका कुरा पनि छन् । यो पुस्तकमा भीमसेन थापाले आफ्नो शासनकालको उत्तर्राद्धमा नेपाली सेनाको संगठीत बिकासमा जोड दिएका थिए भनिएको छ । तर, कुन कुन कुरामा जोड दिएका थिए र त्यो बिकास कस्तो खालको थियो भन्ने कुरा कतै पनि खुलेको छैन । 

बहादुर शाहको नायवीकालमा नेपालमा तोप र गोला बनाउन फ्रान्सेली सेनाबाट सहयोग लिइएको थियो भन्ने कुरा उनको जीवनी पढ्दा थाहा हुन्छ । बहादुर शाहलाई शक्तिहीन बनाएर उदय भएका भीमसेन थापाले लगाएको सैनिक पोशाक र फ्रान्सेली सेनाले लगाएको उसबेलाको सैनिक पोसाक तथा टोपी मिल्दोजुल्दो हुनुले यो कुरालाई पुष्टी गर्छ । भनिन्छ भीमसेन थापाले उसबेलाका फ्रान्सेली योद्दा तथा सम्राट नेपोलियन बोनापार्टसँग ब्रिटिसबिरुद्द संयुक्त रुपमा लड्ने बिषयमा छलफल गरेका थिए । त्यहीबेला बेला फ्रान्समा राजाको शासन फालेर सम्राट नेपोलियन बोनापार्टको उदय भएको थियो ।

यो पनि हेर्नुहोस् 
फूल बेच्ने १२ वर्षीय बालकको कथा
बिफरका कारण राजा गीवार्णयुद्द बिक्रम शाहको १९ बर्षको कलिलो उमेरमै देहान्त भयो । पुस्तकका अनुसार उनको देहान्त २० नोभेम्बर १८१६ मा भएको थियो । यो समयमा नेपाल र ब्रिटिसबीच युद्द सकिएको आठ महिना मात्र भएको थियो । राजाको मरणपछि उनका जेठा छोरा राजगद्दीको उत्तराधिकारी हुने चलन गोरखाका राजामा पहिलादेखि नै थियो । यो चलनलाई भीमसेन थापाले १८ दिनसम्म रोकेको रोचक जानकारी पनि पुस्तकमा पाइन्छ । पुस्तकका अनुसार ९ डिसेम्बर १८१६ मा मात्र उनका बालक छोरा राजेन्द्रविक्रम शाहको राज्यारोहण भएको थियो । पुस्तकको पृष्ठसंख्या १०१ मा बाबुराम आचार्य लेख्छन्- पुगनपुग तीन बर्षको उमेरमा राजेन्द्रविक्रम शाह राजा बनाइएका थिए । राजगद्दी एकदिन पनि खालि राख्न नहुने प्रचलित परम्परा विपरित यसरी १८ दिनसम्म किन नेपालको राजसिँहासन खालि राखियो ?, यो प्रश्न उसबेलादेखि नै गम्भीर रुपमा उठ्दै आएको छ ।

साँच्चै किन खालि राखियो त राजगद्दी ? युद्दमा हार खाएका नेपालीलाई के अंग्रेजले कुनै अनुचित दवाव दिएका थिए ? के युद्दमा होमिनु परेकोले नेपालका प्रधानमन्त्रीलाई आन्तरिक समस्या सुल्झाउन समय लाग्यो ? फ्रान्सका सम्राट नेपोलियन बोनापार्ट भएझैँ उनी पनि नेपालका सम्राट बन्न चाहन्थे र बिषम परिस्थितिका कारण भीमसेन थापाको यो सपना पूरा भएन ? यो साँच्चै नै खुलदुलीको बिषय छ । त्यसलाई थप उजागर गरेर यो पुस्तकले त्यसबेलाको नेपाल बु्झ्न चाहने पाठकका लागि ठूलो गुन लगाएको छ । 

पुस्तक: भीमसेन थापा उत्थान तथा पतन
लेखक : बाबुराम आचार्य
प्रकाशक : फाइन प्रिन्ट बुक्स, विशालनगर
पहिलोपटक प्रकाशित : भाद्र २०७५
मूल्य : नखुलेको

प्रकाशित मिति: : 2019-09-19 08:36:28

प्रतिकृया दिनुहोस्