राष्ट्रियसभा: भूमि र राहदानीसम्बन्धी विधेयक पेश हुँदै

फाइल तस्बिर

राष्ट्रियसभाको मंगलबारको बैठकमा ‘भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक, २०७५ पारित गरियोस् भन्ने प्रस्ताव पेश हुने भएको छ ।

मंगलबार दिउँसो ३ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा मन्त्री पद्यमा कुमारी अर्यालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘भूमि सम्बन्धी (आठौ संशोधन) विधेयक,२०७५’ माथि सदनमा छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचि छ ।

त्यसैगरी राष्ट्रपतिबाट फिर्ता भएको ‘राहदानी विधेयक २०७५’ पनि मंगलबार नै राष्ट्रियसभामा पेश हुँदैछ । विधायन व्यवस्थापन समितिका सभापति पशुराम मेघी गुरुङले प्रतिनिधि सभाबाट सन्देश आएको प्रतिवेदन राष्ट्रियसभामा पेश गर्ने छन् ।

 यता, राष्ट्रिय सभामा आजै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ माथि छलफल हुने भएको छ । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाबाट पारित भएको ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्दैछन् ।

प्रकाशित मिति: : 2019-09-17 14:35:31

प्रतिकृया दिनुहोस्