संसदमा बाँके घटना : कांग्रेस र नेकपाका सांसदहरुबीच चर्काचर्की

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले अरोपित वडाध्यक्षलाई मुद्दा लगाए स्वीकार्य नहुने बताएसँगै संसदमा पुनः चर्काचर्की चलेको छ ।

बाँके जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गरेको आरोपमा खजुरा गाउँपालिका–१ का वडाअध्यक्ष सुमन मल्ललगायतविरुद्ध दिएको किटानी जाहेरी दर्ता भएसँगै कांग्रेस संसदहरुले संसद चल्न दिने सहमति गरेको थियो ।

तर नेकपाका सांसद नन्न लालले नेकपाका कार्यकर्ताले कांग्रेसको कार्यक्रममा आक्रमण नै नभएको दाबी गरेपछि चर्काचर्की परेको हो । वडा नम्बर १ का कांग्रेस कार्यकर्ता भुवन सिंह थापा र ७ का अस्लाम भाटबीच सामन्यविवादमा भएको उनको दाबी छ । उनले दुइ तीन सयको भिडमा रहेको कांग्रस कार्यकतामाथि कसैले नछोएको समेत बताए ।

भुवनसिंहको पक्षमा रहेका चार जना कांग्रेसको कार्यक्रममा भएको र उनीहरु मध्ये तीन जना हलमा प्रवेश गरेको भन्दै उनले भने, कसैले हात पात गरेको छैन । करिव डेढ दुई सयको जमघटमा तीन जना केटाकेटीले हातपात गर्न सक्दैन ।’ उनले कांग्रेसले गलत आरोप लगाएको भन्दै वडाध्यक्ष मल्लविरुद्ध मुद्दा दर्ता स्वीकार्य नुहने बताए ।

प्रकाशित मिति: : 2019-09-16 16:13:10

प्रतिकृया दिनुहोस्