हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्नुस् : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् ।

तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न युवा र विद्यार्थी साथीहरूलाई विशेष अपिल गर्दछु ।’

जनताले ल्याएको परिवर्तन र समाजवादको सपना पूरा गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आवश्यक रहेको नेकपा अध्यक्ष प्रचण्डले बताए ।उनले दलहरूबीच सुमधुर सम्बन्ध बनाउन र विश्वास जित्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै पूर्वमन्त्रीसमेत रहेका दिवंगत नेता बोगटीलाई सम्झिए ।

प्रकाशित मिति: : 2019-09-16 11:57:43

प्रतिकृया दिनुहोस्