माथिल्लो कर्णाली परियोजना खारेज गर्नुपर्छ– सिपी गजुरेल (भिडियोसहित)

तस्बिरः बिएल


देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा (माले), नेकपा (माओवादी केन्द्र) लगाएतका साना दलले सरकारले तत्काल माथिल्लो कर्णाली परियोजना खारेजीको घोषणा गर्नुपर्ने माग गरेका छन्।

शुक्रबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो माग गरेका हुन्। उनीहरुले संसारकै सबैभन्दा सस्तो लागतमा उक्त परियोजना तयार हुने पनि स्पष्ट पारेका छन्। माथिल्लो कर्णाली परियोजना टाट पल्टिएको जी एम् आर् कम्पनीले विगत १२ वर्ष सम्म ओगटेर राखेकोपनि उनीहरुको आरोप छ। उनीहरुले १२ वर्षसम्म ओगटेर राख्दा नेपाललाई भएको आर्थिक लगायतको क्षति वापत हर्जाना असुल गर्ने, उक्त परियोजनाको संझौता खारेज भएको सार्वजनिक घोषणा गर्ने र शेयर खोलेर नेपाली जनताको पुँजीबाट परियोजना कार्यान्वयन गर्ने निर्णय गरी त्यसलाई अविलम्व लागु गर्न सरकारसँग माग गरेका छन्।

आफूहरुले अघि सारेका माग पुरा गराउनका यही भाद्र ३१ गतेको दिन संघर्षको कार्यक्रम आयोजना गरिएको पनि उनीहरुले जानकारी दिएका छन्। पत्रकार सम्मेलनमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले उक्त आयोजनाको सरकारले म्याद थप गरे आफूहरुले कुनैपनि हालतमा उक्त परियोजना बन्न नदिने चेतावनी दिए।

कार्यक्रममा राष्ट्रिय जागरण परिषद नेपालका संयोजक साध्यबहादुर भण्डारीले टाट पल्टिसकेको जिएमआर कम्पनीले रणनैतिक रुपमा नेपालको पानी ओगट्ने मात्रै काम गरेको आरोप लगाए।

प्रकाशित मिति: : 2019-09-13 18:44:35

प्रतिकृया दिनुहोस्