३५ हजार किलो तामा, १०८ फिट अग्लो मूर्ति, ६२ करोड बजेट

प्रशन्न पोखरेल

सरकारले दमक नगरपालिका ३, ढुकुरपानीमा करिब ३ अर्ब रूपैयाँ लगानीमा ७२ फिट अग्लो व्यापारिक कम्प्लेक्स र भ्यू टावर निर्माण गर्न खोज्दा चौतर्फी विरोध भएको थियो।

केन्द्रीय बजेटबाट निर्माण गर्ने भनिएको उक्त योजनालाई धेरैले ‘स्रोत दुरूपयोग’ का रूपमा टिप्पणी गरेका थिए।

तनहुँ, व्यास नगरपालिकामा यस्तै योजना चर्चामा छ।

स्थानीय बजेटबाट कार्यान्वयन गर्न खोजिएको यो योजनाको उपयोगिता के हो भन्नेमा प्रश्न उठेको छ।

तनहुँको व्यास क्षेत्र विकास समितिले महर्षि वेद व्यासको अग्लो मूर्ति बनाउन लागेको हो। महर्षि व्यासको जन्म तनहुँमै भएको र उनले दमौलीमा रहेको गुफामा बसेर महाभारत लेखेको किम्बदन्ती छ।

वेद व्यास आफैं कति अग्ला थिए थाहा छैन, तर यहाँ बनाइन आँटेको मूर्ति भने एक सय आठ फिट अग्लो छ। तामाबाट बनाउने भनिएको यो मूर्तिका लागि ६२ करोड रूपैयाँ खर्च हुने समितिले जनाएको छ।

प्रकाशित मिति: : 2019-06-22 18:00:30

प्रतिकृया दिनुहोस्