कुवेत हिँडेका युवा विमानस्थलबाटै फर्किए, भन्छन्– ३७ हजार गुम्ने डरले सवा लाख बुझाएँ

तस्बिरः एजेन्सी

काठमाडौं– अर्घाखाँचीका हरिप्रसाद श्रेष्ठलाई एकाएक हुटहुटी जाग्यो, विदेश जाने।

साउदी, कतारभन्दा पनि अरु कुनै देशमा जान पाए सजिलो काम र राम्रो कमाइ हुन्थ्यो कि भन्ने सोच बनाएर उनी काठमाडौं आए। चिनजानकै साथीहरुले उनलाई उक्साए, कुवेत जान। ती साथीहरुले थाहा पाएका व्यक्ति थिए,  स्याङ्जाका श्याम थापा। 

भेटमा थापाले कुवेतमा मार्केटिङ कामका लागि डिमान्ड आएको र  ४० हजारभन्दा बढी मासिक कमाइ हुने सुनाए। राम्रो काम र कमाइ हुने सुनेपछि श्रेष्ठ कुवेत जानका लागि सहमत भए।

श्रम स्विकृति, भिसा प्रोसेसिङ, स्वास्थ्य परीक्षणका लागि केही रकम आवश्यक पर्ने भन्दै एजेन्ट थापाले सुरुमा श्रेष्ठबाट ३७ हजार रकम माग गरे। विदेश जानकै लागि भनेर ऋण काढेर काठमाडौं आएका थापासँग धेरथोर रकम साथमा थियो नै। उनले थापालाई सिनामंगलमा भेटेर ३७ हजार हातैमा थमाइदिए।

प्रकाशित मिति: : 2019-05-15 16:17:18

प्रतिकृया दिनुहोस्