नेकपाको नेतृत्व र ओली सरकारको कामकारबाहीमा भातृसगठन असन्तुष्ट

तस्बिरः देशसञ्चार

काठमाडौँ – पूर्व एमाले र माओवादीका भातृसगठनका नेताहरूले वर्तमान सरकारको गतिविधिप्रति असन्तुष्टि जनाएका छन् । उनीहरुले नेकपा नेतृत्वसमक्ष गुनासो गरेका छन्।

पूर्व एमालेको भातृसगठन युवा सघ नेपालका अध्यक्ष रमेश पौडेलले केपी ओली नेतृत्वको सरकारको कामको बचाउको प्रयास गरेपनि पूर्व माओवादीको भातृसगठन वाइसीएलका नेताहरूले घुमाउरो हिसावले कम्युनिस्ट नेताहरु सत्तामा गएपछि स्वार्थमा डुबुल्की मार्ने र जनतालाई नहेर्ने प्रवृत्ति भएको आरोप लागेको भन्दै त्यस्तो नहोस् भन्नेमा सचेत गराए।

युवा सघ नेपालका अध्यक्ष रमेश पौडेलले वर्तमान सरकारले भ्रस्टाचार नियन्त्रण गर्न नसकेको आरोप लागिरहेका बेला अहिले भ्रस्टाचार व्याप्त भएको र त्यसको अन्त्यका लागि अभियान चलाउनु पर्ने बताए ।

एकता हुन नसकेपछि बुधबार छुट्टाछुट्टै रूपमा आआफ्नो स्थापना दिवस मनाउन बाध्य बनेका थिए उनीहरु।

प्रकाशित मिति: : 2019-05-15 16:07:41

प्रतिकृया दिनुहोस्