यस कारण लोकप्रिय भयो- गेम अफ थ्रोन्स !

लेखक जर्ज आर आर मार्टिनका किताबमा आधारित एउटा काल्पनिक टीभी सिरिज गेम अफ थ्रोन्सले दर्शक सङ्ख्यामा एकपछि अर्को कीर्तिमान तोडिरहेको छ।

यसको पछिल्लो सिजनको पहिलो शृङ्खलाले अमेरिकी टिभी नेटवर्क एचबीओलाई सबभन्दा धेरै दर्शक आकर्षित गरेको कीर्तिमान मिल्यो।

अनि त्यो कीर्तिमान उक्त सिरिजको तेस्रो शृङ्खलाले भङ्ग गरिदियो। इन्द्रजाल र तरबारबाजी हुने यो सिरिजको सफलताको सूत्र के हो त?

यसमा प्रशस्त द्वन्द्व छ, नाटक छन्, रहस्य छन् अनि यसमा घातक अप्राकृतिक जीव छन् र व्यभिचारका कथा छन् ... अझ ड्र्यागनको त कुरै नगरौँ।

 

प्रकाशित मिति: : 2019-05-12 08:17:48

प्रतिकृया दिनुहोस्