मध्यम मद्यपान छैन स्वस्थकर

काठमाडौं प्रेस

सामाजिक रूपमा हामीलाई मद्यपान गर्न मनपर्छ। केही परहेज गर्छन्। तर, हामी अधिकांश पिउन मन पराउँछौं। यो हाम्रो सामाजिक संस्कृतिको एउटा पाटो र सामूहिक पहिचान हो। यो यति व्याप्त छ कि हामी चाहेर पनि यसबाट भाग्न सक्दैनौं। विविध तरिकाले हामी मद्यपानसँग जोडिएका छौं।

मद्यपानका कथाहरूले हाम्रो ध्यान तान्छ। विशेष गरी मध्यम मात्रामा गरिने मद्यपान हाम्रो चासोको विषय हो। अत्याधिक मद्यपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने हामी सबैलाई थाहा छ। एक सातामा २० बोतल बियर खपत गर्नु स्वास्थ्यको दृष्टिकोणले पक्कै राम्रो हुँदैन। तर, विभिन्न अध्ययनका नतिजाहरू घोषणा गरिएको साता वा दिनका आधारमा मध्यम मात्रामा गरिने मद्यपान स्वास्थ्यका लागि राम्रो वा नराम्रो हुन्छ भन्ने निष्कर्ष निरन्तर आइरहेका छन्। यसले हामीलाई थप दुविधामा पारेको छ। 

अघिल्लो महिना सार्वजनिक भएको एउटा अध्ययन प्रतिवेदनले मध्यम मात्रामा गरिने

मद्यपानले ‘डिप्रेसन’ रोकथाम गर्नसक्छ भन्ने निष्कर्ष निकालेको छ। यो सम्भव देखिँदैन। यसका विभिन्न कारण छन्।

प्रकाशित मिति: : 2019-05-09 09:11:36

प्रतिकृया दिनुहोस्