'एक्सन'मा प्रेम सञ्जेल, ‘ठग’हरूलाई धमाधम दण्डित गर्दै

बैशाख २३, २०७६

विराटनगर : पैसा कमाउने लोभमा ऋण गरेर र २१ वर्षीय कलिलो छोरा पुष्पमणिलाई युएई पठाएका सुन्दर हरैंचा-५ का भोजराज गौतम वैशाख ५ गते छटपटिँदै श्रम कार्यालयमा आइपुगे । उनी छट्पटिनुको कारण थियो, छोरामाथिको यातना र बन्धक जीवन । यहाँबाट जाँदा उनका छोराले न त भनेजस्तो काम पाए, न त पारिश्रमीक नै। 

उनी मात्रै होइन, सँगै गएका तीनजनाको अवस्था पनि उस्तै थियो । खोलाको डिलमा बसेका उनीहरूलाई छिमेकी महेन्द्र तामाङले म्यानपावर कम्पनीमा पुर्याएका थिए । सरकारले १० हजारमै पठाउने व्यवस्था गरेको छ । तर तामाङले एक लाख ७० हजारको दरले रकम असुलेको खुलेको छ।  तामाङले रकम लिएको कागजात देखाउँदै गौतम श्रम कार्यालयका प्रमुख प्रेम प्रसाद सञ्जेलको च्याम्बरमा पुगेका थिए ।

आफ्नो बुवाको काजकिरिया सकेको १५ दिनपछि अर्थात् भदौ २२ गते युएई पुगेका रविन पराजुलीको अवस्था पनि गौतमको जस्तै थियो ।

प्रकाशित मिति: : 2019-05-07 04:31:12

प्रतिकृया दिनुहोस्