राष्ट्रपति ल्हासामा, चीनका मिडियामा नेपालको चर्चा

अन्नपूर्णपोस्ट

राष्ट्रपति विद्यादेवी भण्डारीसहितको टोलीले ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको निरीक्षण भ्रमणको गरेको छ। ल्हासामा चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वू यिङचेसँले आयोजना गरेको रात्रिभोज नेपाली टोली सामेल भएको थियो।

मङ्गलबार सबेरै राष्ट्रपति सहितको टोली बेइजिङबाट तिब्बततर्फ उडेको थियो।  सोमबार भएको राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्राध्यक्षको भेटवार्तालाई चिनियाँ मिडियाले राम्रो कभरेज गरेका छन्।

 बैशाख १७ गते चाइना डेलीको प्रमुख पृष्ठमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई थ्येनआनमनमा गार्ड अफ अनर दिँदाको तस्वीरसहित चिनीया राष्ट्राध्यक्ष सीले नेपाल बीआरआईमा सहभागी भएकोमा खुसी व्यक्त गरेको शिर्षकमा समाचार प्रकाशित गरेको छ।

प्रकाशित मिति: : 2019-04-30 17:10:11

प्रतिकृया दिनुहोस्