वायुसेवा निगमका प्रवक्ता क्याप्टेन विजय लामा निलम्बित

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामालाई निलम्बन गरेको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टिकरण सोधेर  लामालाई  ग्राउन्डेड गरेको हो।  केही दिनअघि विवादस्पद अभिव्यक्ति दिएको भन्दै क्याप्टेन लामासँग स्पष्टिकरण सोधेको थियो।

लामाले एउटा टेलिभिजन कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणलाई आफ्नो इजाजतपत्र खारेज गर्न चुनौती दिएका थिए। उनले आफू बिरामी हुँदा पनि जहाज उडाएको दाबी समेत गरेका थिए। सोही विषयलाई लिएर क्याप्टेन लामालाई प्राधिकरणको सुरक्षा विभागले ७ दिने स्पष्टिकरण सोधेको थियो।

प्रकाशित मिति: : 2019-04-29 17:11:29

प्रतिकृया दिनुहोस्