मह जोडीको कमर्सियल कमेडी

विसं २०७५ मा ब्लकबस्टर बनेका फिल्महरू कमेडी शैलीका थिए। २०७६ पनि कमेडी फिल्म ‘दाल भात तरकारी’बाट सुरु हुँदै छ। ट्रेलरमा कलाकारको प्रस्तुति हेर्दा फिल्मले दर्शकलाई हँसाउने सजिलै अनुमान गर्न सकिन्छ। तर कलाकार हरिवंश आचार्य यसलाई कमेडी फिल्म भन्न चाहँदैनन्। जोकोहीले हास्य चलचित्र बनाइरहँदा के ‘किङ अफ कमेडी’ महजोडी आफैं कमेडीबाट अघाएको हो ?

पछिल्ला केही वर्षमा नेपाली चलचित्र उद्योगलाई कमेडी फिल्मले धानेको छ। छक्कापञ्जा, शत्रुगते जस्ता फिल्म व्यावसायिक रूपमा सफल भए। उद्योगले नेपली फिल्म हेर्ने मनग्गे दर्शक पायो। बजारले अरू कुनै विकल्प नछोडे पनि कलाकारहरू सकिनसकी दर्शक हँसाउँदै छन्।

प्रकाशित मिति: : 2019-04-29 06:07:26

प्रतिकृया दिनुहोस्