अमेरिकी युवतीलाई बम बिस्फोटको संदिग्ध भनेपछि ...

अमेरिकामा बस्ने अमारा मजिद एक मुस्लिम अभियन्ता हुन् ।

उनले संसारभरीका मुसलमानका लागि व्याप्त स्टेरियोटाइप अर्थात् मुसलमानको एउटा प्रणाली वा छविमा फिट हुने चलनलाई तोड्नका लागि एउटा किताब पनि लेखेकी छिन् । किताबको नाम हो ‘द फरेनर्स’ ।

हालै अमारामाथि यस्तो भयो जसले उनलाई निकै दुःखी र पीडित बनायो ।

श्रीलङ्का सरकार र पुलिसले गल्तीपूर्वक अमारालाई कोलोम्बोमा भएको आत्मघाती बिस्फोटका लागि जिम्मेवार मानिएका इस्लामिक स्टेटको संदिग्ध बतायो ।

 

प्रकाशित मिति: : 2019-04-28 09:24:53

प्रतिकृया दिनुहोस्