निर्मलालाई न्याय माग्दा अन्यायमा परेका अर्जुन अझै अर्धचेत

काठमाडौं प्रेस

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलाई न्याय दिलाउन सडकमा उत्रिँदा प्रहरीको गोली लागेका १९ वर्षीय अर्जुन भण्डारी नौ महिनादेखि अस्पतालमै छन्। 

अर्जुन अहिले पनि अर्धचेत छन्। न बोल्न सक्छन्, न हिँडडुल गर्न। उनको मानसिक अवस्था पनि ठीक छैन। शरीरका लुगा च्यात्छन्, मान्छेलाई थुक्छन्, झम्टिन जान्छन्। डाक्टरले उनको गोली लागेको दायाँ खुट्टा काटेर फ्याँकेको छ।

निको हुने सम्भावना नरहेको भन्दै शिक्षण अस्पताल महाराजगञ्जका डाक्टरहरूले अर्जुनलाई घर लैजान सुझाव दिएका छन्, तर उनकी आमा शिवकला छोरालाई यही हालतमा घर लग्न तयार छैनन्। 

प्रकाशित मिति: : 2019-04-27 10:52:07

प्रतिकृया दिनुहोस्