बलात्कार मुद्दामा जेल सजाय भोगिरहेका आसाराम बापुका छोरा पनि बलात्कारकाे दोषी ठहर

एजेन्सी

एजेन्सी - आध्यात्मिक गुरु आसारामका छोरा नारायण साईलाई गुजरातको एक अदालतले दोषी ठहर्‍याएको छ । उनलाई बलात्कारको आरोप लागेको थियो । 

समाचार एजेन्सी पीटीआईका अनुसार सूरतको एक अदालतले नारायणलाई दोषी ठहर गरेको हो । उनलाई सजाय सुनाउन बाँकी नै छ । अदालतले यस मुद्दामा अप्रिल ३० मा सजाय सुनाइने बताएको छ । 

नारायण साईलाई सुरतको एक महिलासँग बलात्कारको मामिलामा २०१३ मा गिरफ्तार गरिएको थियो । बलात्कार भोगेकी महिला र उनकी बहिनीले प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेका थिए । उनलाई हरियाणाको पिपलीमा पक्राउ गरिएको थियो ।

प्रकाशित मिति: : 2019-04-27 10:29:48

प्रतिकृया दिनुहोस्