भिडियो बनाएर सामूहिक बलात्कार!

बाँकेमा १५ वर्षीया किशोरी सामूहिक बलात्कृत भएकी छन् । बैजनाथ गाउँपालिकाको देउराली सामुदायिक वनमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा १८ वर्षका विरु वली र २६ वर्षका रामजी रोकायलाई पक्राउ गरिएको छ ।

किशोरीले दुवैको नाममा किटानी जाहेरी दिएकी छन् । इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी रमेशबहादुर सिंहको टोलीले भाग्दै गरेको अवस्थामा दुवैलाई पक्राउ गरेको जनाएको छ ।

 

प्रकाशित मिति: : 2019-04-27 08:24:11

प्रतिकृया दिनुहोस्