सरकारी गाडीमा प्राइभेट माया !

“सरकारी गाडी, सरकारी तेल, अनि माया चाहिँ प्राइभेट?”

केही दिनदेखि सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भएको छ। फेसबुक र ट्विटरमा हजारौँ पटक एउटा गाडीमा पोज दिइरहेको नवदम्पतिको फोटो सेयर भएको छ। 

‘एक जोडीले सरकारी गाडी दुरूपयोग गरेर बिहेको फोटोसुट गरेछन्, अब हनिमुन चाहिँ सिंहदरबार गएर मनाउने होलान्’, ट्विटरमा चोपेन्द्र भुसाल नामका प्रयोगकर्ताले लेखेका छन्। व्यङ्ग्य र आलोचना मिश्रित यस्ता प्रतिक्रियाहरु अनगिन्ति छन्। 

नदी छेउ जस्तो देखिने गाडीमा बेहुला गाडीभित्र छ भने उसको हात समातेकी बेहुली गाडी बाहिर छिन्। फोटो पोजका कारण भाइरल भएको होइन। गाडीको नम्बर प्लेटले सबैको ध्यान तान्यो। नम्बर प्लेट रातोमा सेतो अर्थात् निजी भएको भए यो अरु जस्तै सामान्य फोटो नै हुने थियो तर थियो सेतोमा रातो अर्थात् सरकारी।

प्रकाशित मिति: : 2019-04-27 07:39:04

प्रतिकृया दिनुहोस्