मेस्सीलाई थाहा नभएको उनकी श्रीमतीको ब्वाइफ्रेन्ड...

विश्वका चर्चित फुटबलर अर्जेन्टिनी लियोनल मेस्सी र उनका श्रीमती एन्टोनेला रोकुजो सानैदेखिका साथी हुन्।

उनीहरुले एक अर्कालाई १० वर्षको उमेरदेखि चिन्दछन्। मेस्सी र एन्टोनेलाका बाल्यकालदेखिका फोटोहरु समेत छन्।

मेस्सीले १०–११ वर्षको हुँदा नै रोकुजालाई प्रेमपत्र लेखेका थिए। उनले भविष्यमा आफूहरु श्रीमान–श्रीमती हुनपर्छ भनेका थिए।

बाल्यकालको सपना यतिबेला पुरा भइसकेको छ। दशकौंसम्म सँगै रहेका उनीहरुले सन् २०१७ मा औपचारिक विवाह गरे।

प्रकाशित मिति: : 2019-04-27 01:32:12

प्रतिकृया दिनुहोस्