भारतीय चुनावमा नरेन्द्र मोदीका नयाँ अस्त्र काम लाग्लान्?

तेस्रो चरणको मतदानको अघिल्लो दिन सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) र विपक्षी कंग्रेसका नेताहरू चुनावी दौडाहामा व्यस्त रहे।

प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्र र गुजरातका विभिन्न चुनावी सभालाई सम्बोधन गरे भने नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका चुनावी र्‍यालीमा सहभागी बने राहुल गान्धी।

उत्तर प्रदेशबाट भारतको तल्लो सदन लोकसभामा सबैभन्दा बढी सांसदको प्रतिनिधित्व हुन्छ।

विभिन्न राज्यमा एक पटकभन्दा धेरै चरणमा मतदान भइरहेको छ।

प्रकाशित मिति: : 2019-04-23 08:03:37

प्रतिकृया दिनुहोस्