आफ्नै निर्णय उल्टाउँदै कर्मचारीलाई ६ अर्ब भत्ता थप

तस्बिरः कान्तिपुर

ताप्लेजुङ — सातवटा स्थानीय तहले आफ्ना कर्मचारीलाई करिब ४४ लाख रुपैयाँ प्रोत्साहन भत्ता वितरण गरेका छन् । फुङलिङ नगरपालिका, सिदिङवा, सिरिजंघा, पाथीभरा याङवरक, मैवाखोला, आठराई त्रिवेणी र मेरिङदेन गाउँपालिकाले यो भत्ता बाँडेका हुन् ।

महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भएअनुसार सात स्थानीय तहले ६४ कर्मचारीलाई ४३ लाख ७७ हजार ५ सय ८१ रुपैयाँ भत्ता वितरण गरेका छन् । सबैभन्दा बढी सिदिङवा गाउँपालिकाले १४ लाख, सिरिजंघाले ९ लाख ७४ हजार ८ सय ७, फुङलिङ नगरपालिकाले ८ लाख १६ हजार ६ सय ३०, आठराई त्रिवेणीले ५ लाख ९१ हजार १ सय ७४, मैवाखोलाले २ लाख ९९ हजार ९ सय ७०, मेरिङदेनले २ लाख १५ हजार र सबैभन्दा कम पाथीभरा याङवरकले ८० हजार रुपैयाँ बाँडेका छन् । नौवटा स्थानीय तह रहेको जिल्लामा फक्तालुङ र मिक्वाखोला गाउँपालिकाको विवरण भने प्रतिवेदनमा उल्लेख छैन ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८८ अनुसार स्थानीय सेवाका कर्मचारीको सुरु तलब स्केल प्रदेश सरकारले तोकेबमोजिम हुनेछ । प्रदेश सरकारले नतोकेसम्म नेपाल सरकारले तोकेबमोजिम हुने उल्लेख छ । त्यही ऐनअनुसार कर्मचारीलाई भत्ता वितरण गरिएको छ ।

प्रकाशित मिति: : 2019-04-22 08:43:58

प्रतिकृया दिनुहोस्