दुईसय तीन वर्षपछि जोगाईँदै अंग्रेजलाई पराजित गरेकाे जितगढी किल्ला

तस्बिरः देरसञ्चार

टवल– २१ पुस १८७१ देखि १८७२ सम्म नेपाल–अंग्रेजका बीचमा युद्ध भए । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडेपनि जित हात पार्न सकेको थिएन ।

कुमाउ–गडवाल (नाहान), मकवानपुरगढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाइँ भयो । तर बुटवलमा भने नेपालले जित हासिल गरेको थियो ।
कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अंग्रेज फौजमाथि ७ वैशाख १८७२ मा विजय हासिल गर्‍यो ।

त्यही विरताको चिनो हो–बुटवलको जितगढी किल्ला । जसले अहिले पनि नेपाल–अंग्रेज युद्धलाई सम्झाउँछ । यो ऐतिहासिक सम्पदाको २ सय ३ वर्षपछि मात्रै सरकारी तवरबाट संरक्षण थालिएको छ ।

प्रकाशित मिति: : 2019-04-20 16:03:52

प्रतिकृया दिनुहोस्