कार्यकर्तालाई देउवाको निर्देशनः ओली सरकार ढाल्ने गरी आन्दोलनमा लाग्नुहोस्

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार ढाल्ने गरी आन्दोलनमा लाग्न युवा नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

 नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले एउटै राम्रो काम गर्न नसकेको दावी गरे। उनले काम गर्न नसक्ने सरकार ढालेरै छाड्ने बताए।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारले पत्रकार र शिक्षकलगायत सबैमाथि अन्याय, अत्याचार गरेको आरोप लगाए। ‘यो सरकारले राम्रो काम गर्न सकेन, सबैमाथि अन्याय मात्रै ग¥यो’, उनले भने, ‘तपाईंहरु सरकार ढाल्ने गरी आन्दोलनमा लाग्नुहोस्।’

उनले निर्मला पन्तको हत्यारालाई कार्वाही गर्नुको सट्टा बचाउ गर्ने, मूल्य बढाउने, जनतालाई करमाथि कर थोपर्नेजस्ता जनताविरोधी काम ओली सरकारले गरिरहेको आरोप लगाए।

सभापति देउवाले नेविसंघले नेपालको राजनीतिक परिवर्तनको ठूल्ठूला आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पनि स्मरण गरे।

प्रकाशित मिति: : 2019-04-19 13:42:49

प्रतिकृया दिनुहोस्