ब्ल्याक होलबारे नेपाली वैज्ञानिक- सय वर्षअघि आइन्सटाइनले भनेको बल्ल पुष्टि

ब्ल्याक होलको पहिलो तस्बिर।

सय वर्षभन्दा अगाडिको कुरा।

वैज्ञानिक अल्बर्ट आइन्सटाइनले आफ्नो कापीमा अनेकौं सूत्र लेखे। चित्रहरू कोरे। ती सबैलाई यताउता घुमाएर एउटा निष्कर्षमा पुगे।

उनको निष्कर्ष थियो- हाम्रो ब्रह्माण्डमा पृथ्वीजत्रै वा योभन्दा ठूलो यस्तो ठाउँ छ जसले सबै कुरा आफूतिर खिच्छ। प्रकाशलाई पनि आफूमै समाहित गर्छ। त्यसलाई हामी देख्न सक्दैनौं। त्यो भागभन्दा बाहिर घेरिएको प्रकाश मात्र देखिन्छ। यो त्यसको गुरूत्वाकर्षणले भएको हो।

आइन्सटाइनको यो भनाइ बल्ल आज आएर प्रमाणित भएको छ।

हामी कुरा गर्दैछौं 'ब्ल्याक होल' को। त्यही ब्ल्याक होल, जसको पहिलो तस्बिर केही दिनअघि हामीले देख्यौं। (हेर्नुहोस् माथिको तस्बिर)

अन्तरिक्ष वैज्ञानिकहरूले पहिलोपटक ब्ल्याक होलको तस्बिर लिन सफल भएका हुन्। पृथ्वीभन्दा ३० लाख गुना ठूलो र ४० अर्ब किलोमिटरमा फैलिएको यो ब्ल्याक होललाई वैज्ञानिकहरूले ‘मोन्स्टर (राक्षस)’ को संज्ञा दिएका छन्।

यो ठाउँलाई किन 'राक्षस' भनिन्छ?

प्रकाशित मिति: : 2019-04-19 09:28:26

प्रतिकृया दिनुहोस्