प्रेम सञ्जेलको चुनौती : भ्रष्टाचार गरेको भेटिए टुँडिखेलमा झुण्ड्याइदिनू

५ वैशाख, विराटनगर । श्रम कार्यालयका प्रमुख प्रेम सञ्जेलले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए टुँडिखेलमा झुण्डिन तयार रहेको बताएका छन् ।

निर्वाचन कार्यालय मोरङमा रहँदा हाजिर नगरी एक महिना सात दिनको तलब, भत्ता र खाजा खर्च बुझेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्जेललाई तीन दिनभित्र उपस्थित हुन पत्र काटेको छ । शुक्रबार अख्तियारमा बयान दिने तयारीमा रहेका सञ्जेलले भने,‘ प्रेम सञ्जेल भष्ट्राचारविरोधी हो, यदि मैले भ्रष्टाचार गरेको कसैले प्रमाणित गर्छ भने टुँडिखेलमा झुण्ड्याइदिए हुन्छ ।’

प्रकाशित मिति: : 2019-04-18 23:02:49

प्रतिकृया दिनुहोस्