जनकपुरको चर्चित मिठाई पसलमा अखाद्य वस्तु भेटियो, तेलीय वस्तुहरु नष्ट गरियो

तस्बिरः देरसञ्चार

जनकपुरधाम- जनकपुरको चर्चित मिठाई पसलहरुमा विभिन्‍न अखाद्य वस्तुहरु फेला परेको छ।

बुधबार राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीको नेतृत्वमा गरिएको अनुगमनको क्रममा त्‍यहाँका होटलहरुमा बनाइएका मिठाइमा अखाद्य वस्तु प्रयोग हुने गरेको भेटिएको हो ।

आयोगका सदस्य मोहना अन्सारीले ती मिठाई पसलहरुमा अखाद्य मिठाइ, घ्यू, तेल लगायतका पदार्थहरु फेला परेको बताइन्।

उनका अनुसार हंसराज मिठाई पसलको कारखानामा फेला परेको किरा लागेको इमली, नेपालमा प्रतिबन्धित सागर गोल्ट पाउडर दुध, हाईड्रो, रंग, फिटकिरी लगायतका सामग्रीहरु गुण प्रविधि तथा नियन्त्रण कार्यालयले आफ्नो नियन्त्रणमा लिएको छ।

यस्तै हंसराजको कारखानाभित्र लुकाई राखेको अवस्थामा सागरको गोल्ड प्याकेट पाउडर दुधका बोरा, हाईड्रोका प्याकेट, रंग, फिटकिरी, बदामका पिठो लगायतका सामग्रीहरु बरामद गरी नियन्त्रणमा लिईएको गुण प्रबिधि तथा नियन्त्रण कार्यालय धनुषाका खाद्य निरीक्षक प्रबिण तिवारीले बताए।

प्रकाशित मिति: : 2019-04-17 21:29:30

प्रतिकृया दिनुहोस्