'ससुराले हलो जोतेकाले माइतीको भान्सा छिर्न दिएनन्'

८५ वर्षीया मित्रकुमारी अधिकारी। तस्बिरः नारायण महर्जन/सेतोपाटी

मित्रकुमारी अधिकारी ८५ वर्ष लागिन्।

उनी १९९१ साल वैशाखमा लमजुङ, दुराडाँडा अर्चेल्यानीमा जन्मेकी हुन्। आमा माधवी देवी, बाबु जीवनाथ कोइराला।

१४ वर्ष उमेरमा दुराडाँडा, लमजुङकै शोभाकर अधिकारीसँग मित्रकुमारीको बिहे भयो। 

बिहेलगत्तै २००६ साल साउन ११ गतेको कुरा।

मित्रकुमारीका ससुरा वसन्त अधिकारी लगायत २७ जना ब्राह्रमणले 'हलो क्रान्ति' मा भाग लिए। पण्डित तोयानाथ अधिकारीको अगुवाइमा उनीहरूले दुराडाँडा, लमजुङमा हलो जोते।

'ससुराले हलो जोत्दा मेरा माइतीले भातभान्सामा जात काढे,' मित्रकुमारीले भनिन्।

'हलो क्रान्ति भनेको के हो?' मेरो प्रश्नले उनलाई त्यतिबेला भोग्नुपरेका कष्ट र पीडाको समयमा पुर्‍याइदियो।

प्रकाशित मिति: : 2019-04-15 11:21:22

प्रतिकृया दिनुहोस्