लुक्ला दुर्घटनामा मृतकको संख्या ३ पुग्यो

१ वैशाख, काठमाडौं । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । अर्का असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो ।

श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भइसकेको थियो ।

प्रकाशित मिति: : 2019-04-14 11:09:27

प्रतिकृया दिनुहोस्