भनसुनमा आधारित सरुवा बन्द भएकै हो, आन्दोलन गर्दैमा त्यो खुल्दैन

तस्बिरः देरसञ्चार

काठमाडौँ- कर्मचारी समायोजनका क्रममा सरकारले आफूहरुको भविष्य संकटमा पारिदिएको ठहर चिकित्सकको छ।

खासगरी स्थानीय तहमा पुगेपछि त्यहाँबाट प्रदेश या संघमा सरुवा भएर आउने आफ्नो बाटो सरकारले बन्द गरेको र त्यो खोल्नु पर्ने मागसहित आक्रोशित ‘मुड’मा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् उनीहरुले यतिबेला।

तर सरकारले स्थानीय तह या प्रदेशमा जाने चिकित्सकलाई सिधै सरुवा भएर संघमा आउने बाटो कर्मचारी समायोजन ऐनमार्फत बन्द नै गरिएको र त्यो परिवर्तन नहुने स्पष्ट पारेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुरेश अधिकारीले ऐन अनुसार कर्मचारी समायोजन भइसकेको र संघीय पद्धतिका कारण त्यो परिमार्जन हुने सम्भावना नभएको बताएका हुन्।

प्रकाशित मिति: : 2019-04-11 21:18:45

प्रतिकृया दिनुहोस्