चार वर्षपछि नवीन भट्टराईको 'कमब्याक', कहाँ गुमनाम थिए भट्टराई ?

तस्बिरः निशा भण्डारी

नवीन के भट्टराईले चार वर्षपछि गाएको गीत ‘जान्छु म’ केही साताअघि सामाजिक सञ्जालमा चर्चित रह्यो।

त्यो गीत ‘हिट’ हुनुमा नवीन भट्टराईको पुनरागमन मात्र कारण थिएन। त्यसको छुट्टै विशेषताले पनि दर्शकको ध्यान तानेको थियो।

संगीत क्षेत्रमा दिनदिनै नयाँ प्रविधि प्रवेश हुँदा नवीनले भने पुरानै तरिकाले ‘टेप रेकर्डिङ’ गराएका थिए। दर्शकको निम्ति यही चासोको विषय बन्यो।

अझ रोचक कुरा, अचेल थुप्रै दिन लगाएर, थुप्रै रिटेक लिएर, हरेक संगीतको टुक्राटुक्रा जोड्दै एउटा पूरा गीत तयार पारिने बेला नवीनले यो गीत एकै सटमा रेकर्ड गराएका थिए।

उनले आफ्ना गीतहरू एकै सटमा रेकर्ड गराएको पहिलोचोटि होइन। पुरानै तरिकामा विश्वास राख्ने उनले अधिकांश गीत ‘टेप रेकर्डिङ’ नै गराएका छन्।

प्रकाशित मिति: : 2019-04-10 21:54:23

प्रतिकृया दिनुहोस्