चिकित्सक आन्दोलनः फोक्सोमा पाइप जोडेर डाक्टर बेपत्ता, बेडमा छट्पटाउँदै बिरामी

फोक्सोमा पानी जमेर उपचारका लागि वीर अस्पताल भर्ना भएका बझाङका ४२ वर्षीय दिनेश धमेना।

काठमाडौं, चैत २६ :   बझाङबाट दुई दिन लामो बस यात्रापछि काठमाडौं आएका ४२ वर्षीय दिनेश धमेना जुन दिन वीर अस्पताल भर्ना भए, त्यही दिन चिकित्सकहरूको देशव्यापी हडताल सुरु भयो। चैनपुर निवासी धमेना क्षयरोगी हुन्। क्षयरोगका कारण फोक्सोमा पानी र हावा जमेपछि उनी काठमाडौं आएका हुन्।  

गत शुक्रबार धमेना अस्पताल भर्ना भए। छाती रोग विशेषज्ञ डा. अशेष ढुङ्गानाले उनको फोक्सोमा जमेको पानी र हावा बाहिर फ्याँक्न पाइप जोडिदिए। तर, त्यसपछि डा. ढुङ्गाना अस्पताल फर्केर आएका छैनन्। पाँच दिन भइसक्यो। चिकित्सकहरूको आन्दोलन जारी छ। डा. ढुङ्गाना अस्पताल फर्किने टुङ्गो छैन। वीर अस्पतालको बेड नं. ३ मा धमेना हर क्षण पीडाले छट्पटाइरहेका छन्।

प्रकाशित मिति: : 2019-04-09 20:54:40

प्रतिकृया दिनुहोस्