भारतीय चुनाव : चर्चामा प्रियंका

नेपाल लाइभ

भारतमा भारतीय काँग्रेस पार्टी इतरका राजनीतिक दल त्यसमा पनि विशेषगरी भारतीय जनता पार्टीले प्रायः उठाउने गरेको एउटा विषय हो- काँग्रेसले आफ्नै वंश र परिवारभित्रैको नियन्त्रण पार्टी राख्यो।

सो राजनीतिक दलले परिवार तथा बंशको वरिपरि शासन व्यवस्था केन्द्रित गर्‍यो, पार्टीको ‘हाइकमान्ड’ आफ्नै परिवारका सदस्यको घेराभित्र सीमित राख्यो भन्ने आरोप लगाउने गरिन्छ।

त्यो आरोप खेप्ने परिवार हो, गान्धी परिवार। सन् २०१४ को आमनिर्वाचनको आफ्नो प्रचार अभियानमा भारतीय जनता पार्टीका तत्कालीन नेता तथा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय काँग्रेस पार्टी नभएर भारतीय गान्धी पार्टी भनेर नामाकरण नै गरिदिएका थिए। त्यस समय भारतीय काँग्रेस पार्टीको अध्यक्षमा सोनिया गान्धी र उपाध्यक्षमा राहुल गान्धी थिए। यसरी सो पार्टीलाई सबैभन्दा बढी परिवारवादको आरोप लगाउनेमा त्यस समयको प्रमुख विपक्षी दल भारतीय जनता पार्टी थियो।

अहिले पनि यो क्रम जारी छ, जुन भारतीय जनता पार्टीमा मात्र सीमित छैन। त्यसमा पनि अहिले फेरि आलोचनाका लागि अर्की पात्र थपिएकी छिन्-प्रियंका गान्धी। प्रियंका भारतको पहिलो तथा आजसम्मको एकमात्र महिला प्रधानमन्त्री इन्दिरा गान्धीकी नातिनी हुन्। उनी राजिव गान्धीकी छोरी। राजिव गान्धी भारतका पूर्व प्रधानमन्त्री। प्रियंकालाई पार्टीमा यसै वर्षको सुरुमा भित्र्याइएको हो। पार्टीको महासचिवकै रुपमा भित्र्याइएकी उनलाई हालको आम निर्वाचनमा कांग्रेश पार्टीको मुख्य प्रचारकको रुपमा जिम्मेवारी दिइएको छ

विगतका वर्षहरुदेखि भारतीय काँग्रेस पार्टीलाई लाग्ने गरेको आरोपबाट अहिले पनि सो पार्टी अछुतो रहन सकेको छैन। अहिले पनि भारतमा निर्वाचनको चर्चा सुरु भएको र त्यसको केन्द्रमा भारतीय काँग्रेस पार्टीको परिवारवाद छ...

प्रकाशित मिति: : 2019-04-08 23:03:56

प्रतिकृया दिनुहोस्