प्रधानमन्त्री नै संघीयताको पक्षमा छैनन्ः बाबुराम

अनलाइनखबर

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली संघीयताको पक्षमा नरहेको आरोप लगाएका छन् ।

मगर राष्ट्रिय परिषदको संघीय भेलाको शनिबार बुटवलमा उद्घाटन गर्दै भट्टराई प्रधानमन्त्री ओलीसंगै कांग्रेसका केही नेताहरुले आफूसँग भएको भेटमा संघीयता नमानेको बताए । ‘प्रधानमन्त्री ओली र कांग्रेसका केही नेताहरुले हामीले त संघीयता मानेकै थिएनौं, तपाईले के भिराइदिनु भो भन्नुहुन्छ,’ भट्टराईले भने ।

प्रकाशित मिति: : 2019-04-06 19:23:21

प्रतिकृया दिनुहोस्