सुनसरीमा प्रहरी र स्थानीयबीच झडप : प्रहरीकाे गाेली लागि एक घाइते

सुनसरी – सुनसरीमा प्रहरी र स्थानीयबीच झडपमा गोली चलेको छ। भन्सार जाँचका क्रममा गोली चलेको सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

सामान जाँच गर्ने क्रममा भोक्राहा नरसिंह गाउँपालिका वडा नम्वर ८ मा प्रहरीको गोली लागि स्थानीय घाइते भएका छन्।

नाका जोडिएको क्षेत्रबाट आउने व्यक्तिलाई जाँच गर्ने क्रममा विवाद हुँदा घटनाले उग्र रूप लिएको स्थानीयले बताएका छन्। त्यहाँ केहीबेर स्थानीय र प्रहरीबीच झडपसमेत भएको छ। स्थानीयले बताएअनुसार प्रहरीले केही राउण्ड गोली चलाएको छ।

प्रकाशित मिति: : 2019-04-05 20:35:19

प्रतिकृया दिनुहोस्