ऐन नआउँदै अंगीकृतका सन्तानलाई वंशजको नागरिकता दिने सर्कुलर ‘आपत्तिजनक’ !

अहिले नागरिकता ऐन २०६३ को संशोधन विधयेक संसदमा विचाराधीन छ । यस विधेयकमा एउटा विवादको विषय हो, जन्मका आधारमा नागरिकता पाएका अंगीकृत नागरिकता सन्तानलाई वंशजको नागरिकता दिने प्रस्ताव ।

तर, उक्त ऐन पारित नहुँदै सो विवादित प्रावधानलाई कार्यान्वयनमा लैजान गृह मन्त्रालयले देशभरका सीडीओ कार्यालयलाई सर्कुलर गरेको छ । मन्त्रीस्तरीय निर्णयका आधारमा भन्दै गृह मन्त्रालयका उपसचिव गंगाप्रसाद न्यौपानेले मंगलबार ७७ जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेका हुन् । जानकारहरुले उक्त सर्कुलर आपत्तिजनक भएको बताएका छन् ।

 
प्रकाशित मिति: : 2019-04-04 11:27:34

प्रतिकृया दिनुहोस्