नेकपाको सचिवालय बैठक आज पनि स्थगित

फाइल तस्बिर: बिएल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजका लागि तय गरिएको बैठक पनि स्थगित भएको छ। मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न शनिबार दिउँसो सचिवालय बैठक बोलाएको थियो।

नेताहरुको कार्यव्यस्तताका कारण आज बोलाइएको सचिवालयको बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। नेकपाले हिजो बोलाएको बैठक आजको लागि सारेको थियो।

नेकपाको अन्तरिम विधान संशोधन, संगठनात्मक एकतालाई पूर्णता, पार्टीका जिल्लामा देखिएका विवाद समाधानका लागि नेताहरु छलफलमा जुटेका छन्।

अन्तरिम पार्टी विधानमा देखिएका त्रुटि परिमार्जन गर्न र सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन नेकपाले विधान संशोधन गर्न लागेको छ। पार्टी विधानअनुसारका स्थायी समितिको नियमित बैठकसमेत एक वर्षयता बस्न सकेको छैन।

 

प्रकाशित मिति: : 2019-12-14 12:09:03

प्रतिकृया दिनुहोस्