पोखरा प्रिमियर लिग: वर्षाका कारण उद्घाटन खेल प्रभावित

तस्बिर: बिएल

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा पोखरामा हुने पोखरा प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको ट्रफी सार्वजनिक गरिएको छ।

शुक्रबार पोखराको सांग्रिला भिलेजमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिगमा सहभागी ६ वटै टिमका मार्की खेलाडीको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको हो।

प्रतिकुल मौसमका कारण शनिबार हुने भनिएको काठमाडौं गोल्डेन्स र पोखरा पल्टनबीचको खेल आइतबार सरेको छ। सवै टिमहरुको सहमतिमा अब लिगका खेल २९ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ।

जसअनुसार खेलहरु पहिलेको तालिका भन्दा एक दिन सर्नेछन्।

पीपीएल मंसिर २९ देखि पुष १२ सम्म चल्ने छ। पुष ९ गतेको विश्रामका दिन वुटवल र विराटनगर भिड्ने छन्।

पीपीएलको विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छन्।

त्यस्तै प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ। म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल प्रदान गर्ने विज्ञप्तिमा जनाइएको छ।

प्रतियोगिताको मोस्ट भ्यालुएबल खेलाडीलाई १ लाख र नो ईमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैयाँ दिइनेछ।

शनिबार सुरु हुने प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्। आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले बुधबार सार्वजनिक गरेको खेल तनलिका अनुसार मंसिर २८ देखि पुस १२ सम्म चल्ने प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्।

लिग चरण सकिँदा अंक तालिकाको शिर्ष स्थानमा रहने टिम फाइनल पुग्ने छ। दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल्ने छन्।

प्रकाशित मिति: : 2019-12-14 07:41:35

प्रतिकृया दिनुहोस्