अमेरिकी राजदूत बेरी बने 'योमरी ब्राण्ड एम्बेसडर'

अमेरिकी राजदूत बेरी अर्थात् योमरी ब्राण्ड एम्बेसडर । तस्बिर सौजन्य : अमेरिकी राजदूताबास

नेपालका लागि अमेरिकी राजदूतहरूले केही समययता सांस्कृतिक कूटनीतिलाई महत्वका साथ अगाडि बढाउदै आएका छन्। 

यसअघिकी राजदूत अलाइना तेप्लिजले प्राथमिकताका साथ सुरू गरेको सांस्कृतिक कूटनीतिमा उनका उत्तराधिकारी र्‍याण्डी बेरीले अरू आयाम थपेका छन्। 

खासगरी नेपाली चाडबाडलाई नेपालीभन्दा पनि बढी महत्व दिएर मनाउने र त्यसलाई प्रवर्द्धन गर्ने बेरी शैलीले नेपालीको मन जितेको छ। उनले काठमाडौैस्थित अमेरिकी राजदूताबासको प्रचार संयन्त्रलाई यही दिशामा प्रयोग गरिरहेको जस्तो देखिन्छ।

'अमेरिकी राजदूतले योमरी खाएको देखेर खुशी लाग्यो। कतिपय हाम्रा केटाकेटीहरू योमरी भनेपछि मुख नमिठो बनाउने पनि छन्। तर, अमेरिकी राजदूतले मुख मिठो बनाएर खाइरहेका छन्। यसबाट उनीहरूले पनि पाठ सिक्लान् कि?

राजदूत बेरी धेरै नेपाली उत्पादनको उपयोग गर्दै त्यसको ब्राण्डिङ गरिरहेका छन्। केही समय पहिले जनकपुर पुगेर 'जनकपुरिया पान'को इण्डोर्समेन्ट गरेका राजदूत बेरी यसपटक काठमाडोैंको नेवारी खाना योमरीको ब्राण्ड एम्बेसडर भएका छन्। उनले नेवारी समुदायको ठूलो चाड योमरी पुन्हीको विशेष परिकार योमरी खाइरहेको तस्बिर महत्वका साथ सार्वजनिक गरेर चाडलाई इज्जत मात्र दिएका छैनन्, योमरीको प्रवर्द्धन पनि गरेका छन्। 

राजदूत बेरीको यो सद्भवावनालाई सम्मान गर्दै एक वृद्ध नेवारी आमा आशाकला महर्जनले भनिन्- 'अमेरिकी राजदूतले योमरी खाएको देखेर खुशी लाग्यो। कतिपय हाम्रा केटाकेटीहरू योमरी भनेपछि मुख नमिठो बनाउने पनि छन्। तर, अमेरिकी राजदूतले मुख मिठो बनाएर खाइरहेका छन्। यसबाट उनीहरूले पनि पाठ सिक्लान् कि?'

नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने भनेर तयारी गरिरहेकै छ। तर, उसले नेपाल भ्रमण गर्ने पर्यटकहरूका लागि नेपाली स्वादिदो खानाको त्यति प्रचार गर्न ध्यान दिइरहेको छैन। नेपालको एक विश्ष परिकार योमरीको राजदूत बेरीले स्वतस्फूर्त रूपमा गरेको इण्डोर्समेन्टले अप्रत्यक्ष रूपमा नेपाल भ्रमण वर्ष २०२०को प्रवर्धनमा योगदान दिएको भन्न सकिन्छ। 

 

प्रकाशित मिति: : 2019-12-14 04:10:18

प्रतिकृया दिनुहोस्