जापानसँग नेपाल निलो पराजित

तस्बिर: बिएल

जापानीज फुटबल लिग खेल्ने मिश्रीत टिम विरुद्ध नेपालको निलो टिम चार शुन्यले पराजित भएको छ।

भोला सिलवालको कप्तानीमा रहेको नेपालको निलो टिमबिरुद्ध जापानीज टिमले ३० औं मिनेटमा पहिलो गोल गर्यो। उसका लागि आरासी तामासिरोको पासमा मासिको सुगिताले गोल गर्न सफल भए।

पहिलो हाफमा एक गोलले पछि परेको नेपाल निलो टिम दोस्रो हाफमा थप दुई गोल खान पुग्यो। जसमा ४९ औं मिनेटमा सुगिताले नै जापानीज टिमका लागि दोस्रो गोल गरे । उनले नेपालको डिफेन्स र गोलकिपर अगाडी बढेको मौकाको फाइदा उठाउँदै खाली पोष्टमा गोल गरे। त्यसपछि ६२ औं मिनेटमा जापानीज टिमले गोल गर्दै अग्रता तीन शुन्यमा पुर्यायो।

त्यसपछि ७३ औं मिनेटमा नेपालले चौथो गोल खायो। उसका तोसीकी सासाकीले उत्कृष्ट गोल गरे। निकै चिसो मौसम र मैदानपनि हिलाम्य भएका कारण दुबै टिमका खेलाडीलाई खेल्न निकै असहज भएको थियो । नेपालको निलो टिमले त्यसपछि खेलमा फर्कन सकेन र पराजित भयो। अब जापानको टिमले आइतबार मनाङको टिमसँग खेल्नेछ।

प्रकाशित मिति: : 2019-12-13 18:07:33

प्रतिकृया दिनुहोस्