नेपालले ओमन र अमेरीकासँग त्रिकोणीय एकदिवसीय सिरिज खेल्ने

फाइल तस्बिर: बिएल

नेपालले विश्व क्रिकेट लिग-टु अन्तर्गत ओमन र अमेरीकासँग त्रिकोणीय एकदिवसीय सिरिज खेल्ने भएको छ।

दुई दिनअघि काठमाडौं सम्पन्न आईसीसीको प्रतिनिधि मण्डल र क्यानको बैठकमा सिरिजको तयारीबारे छलफल भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए।

फ्रेबुअरी ५ देखि १२ सम्म कीर्तिपुरमा सुरु हुने सिरिजलाई आईसीसीले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिने उनले बताए।

ओमन र अमेरिकाको सिरिज नै कीर्तिपुर मैदानमा हुने पहिलो मान्यताप्राप्त एकदिवसीय सिरिज हुनेछ। अध्यक्ष चन्दले भने, ‘‘खर्चलगायत विषयले धान्ने अवस्था आयो र आईसीसीले प्रस्ताव स्वीकार गरेको अवस्थामा ओमनसँग छुट्टै सिरिज खेल्न सकिन्छ कि भन्नेबारे सोचिरहेका छौं।’

उनले मैदान स्तरोन्नतिको काम समेत थालिएको बताए। उनका अनुसार बङलादेशको ए टिमले नेपालसँग खेल्ने इच्छा देखाएको छ। २०२२ को डिसेम्बरसम्म नेपालले ३६  एकदिवसीय सिरिज खेल्ने उनले बताए।

प्रकाशित मिति: : 2019-12-13 14:16:13

प्रतिकृया दिनुहोस्