राष्ट्रिय टिमका ९ खेलाडीसहित मछिन्द्रको टिम घोषणा

फाइल तस्बिर: बिएल

मछिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिगको लागि टिम सार्वजनिक गरेको छ।  पूर्वकप्तान विराज महर्जन र यू–२३ टिमका कप्तान सुजल श्रेष्ठसहित राष्ट्रिय टिमका ९ खेलाडी समावेश गरी मछिन्द्रले टिम घोषणा गरेको हो।

मछिन्द्रले झण्डै एक दशक मनाङमा बिताएका विशाल श्रेष्ठसहित विशाल राई, सुजल श्रेष्ठ, हेमन गुरुङ र कप्तान समेत रहेका विराज महर्जनलाई अनुबन्धन गरेको हो।यस्तै गत सिजन मनाङबाट एएफसी कप खेलेका देबेन्द्र तामाङ र अभिषेक रिजाललाई समेत मछिन्द्रले क्लबमा अनुबन्धन गरेको छ।

युवा स्टार रेजिन सुब्बा र मनाङका पुर्व स्टार दिपक राई समेत मछिन्द्रको जर्सीमा नयाँ सिजनको लिग खेल्नेछन्। यस्तै थ्री स्टारका रेजिन धिमाल, विजय धिमाल, बुद्ध चेम्जोङ र पिटर सेगुनलाई मछिन्द्रले नयाँ सिजन अनुबन्धन गर्न गरेको छ। यस्तै थ्री स्टारका पुर्व खेलाडी योगेश गुरुङलाई मछिन्द्रले लिएको छ । उनले पछिल्लो सिजन च्यासल युथ क्लबबाट खेलेका थिए।

ए डिभिजन लिग २०७६ को उद्घाटन खेलमा मछिन्द्रले भोलि (शनिबार) ब्रिगेड ब्वाईज क्लबसँग खेल्नेछ। यस्तै क्लबले लिगका लागि जर्सीसमेत सार्वजनिक गरेको छ।

क्लबका अध्यक्ष प्रवोध वीर सिंह कंसाकर, कप्तान विराज महर्जन र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले जर्सी सार्वजनिक गरेका हुन्।

यस्त‌ै क्लबका मुख्य प्रायोजकमा सान मिगेल रहेको छ। अब क्लबले सान मिगेल मछिन्द्र क्लबको नामबाट लिग खेल्ने क्लबले जनाएको छ।

एन्फा अध्यक्ष कर्मा छिरिङले मछिन्द्र क्लबले व्यावसायीकरण गर्नको लागि पाइला अगाडि सारेको बतए । तर नेपाली क्लबहरु अझै पूर्ण रुपमा व्यावसायी भइनसकेकोले त्यसका लागि पहिले क्लब स्थापित हुनु पर्ने बताए।

प्रकाशित मिति: : 2019-12-13 12:06:43

प्रतिकृया दिनुहोस्