कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभाग २८ बाट बढाएर ४७ पुर्याउने प्रस्ताव प्रस्तुत गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु बैठकमा देउवाले १७ वटा विभाग थप्ने प्रस्ताव गरेका हुन्।
देउवाको यो प्रस्तावमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले असहमति जनाएको छ। प्रस्तावमा असहमत भएकैले आफूहरुले बैठक बहिस्कार गरेको केन्द्रीय सदस्य हृदयराम थानीले बताए।
बैठकमा देउवाले प्रस्तुत गरेका ९ वटा एजेन्डामध्ये एक तरुण दलको म्याद थपसम्बन्धि छ। तरुण दलको केन्द्रीय समितिले आफ्नो म्याद ६ महिना थप गर्ने निर्णय गरेकोले त्यो प्रस्ताव पारित गर्न पनि देउवाले पेश गरेका छन्।