पीपीएल: विजेतालाई २७ लाख नगद पुरस्कार

फाइल तस्बिर: बिएल

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको विजेताले २७ लाख पाउने भएका छन्।

आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै विजेताले २७ लाख पाउने जनाएको घोषणा गरेका हुन्। यस्तै उपविजेताले १० लाख रुपैयाँ पाउने छन्।

त्यस्तै प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ। म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल प्रदान गर्ने विज्ञप्तिमा जनाइएको छ।

प्रतियोगिताको मोस्ट भ्यालुएबल खेलाडीलाई १ लाख र नो ईमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैयाँ दिइनेछ।

शनिबार सुरु हुने प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्। आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले बुधबार सार्वजनिक गरेको खेल तनलिका अनुसार मंसिर २८ देखि पुस १२ सम्म चल्ने प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्।

पोखरा रंगशालामा हुने उद्घाटन खेलमा साविक विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेन भिड्ने छन्। लिग सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुनेछ। जसमा हरेक टिमले एक अर्कासंग ५ खेल खेल्ने छन्।

लिग चरण सकिँदा अंक तालिकाको शिर्ष स्थानमा रहने टिम फाइनल पुग्ने छ। दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल्ने छन्।

प्रकाशित मिति: : 2019-12-12 16:40:42

प्रतिकृया दिनुहोस्