ग्रेटा बनिन् 'वर्ष व्यक्ति’

तस्बिरः एजेन्सी

चर्चित म्यागेजिन ‘टाइम’ ले १६ वर्षीया जलवायु संकट अभियन्ता ग्रेटा थन्बर्गलाई आफ्नो ‘वर्ष व्यक्ति’ घोषित गरेको छ। म्यागेजिनले बुधबार स्वीडेनकी ग्रेटालाई ‘वर्ष व्यक्ति-२०१९’ छनोट गरेको हो।

ग्रेटालाई ब्रह्माण्डमा भइरहेको जलवायु परिवर्तन रोक्न प्रभावकारी आवाज उठाएको भन्दै वर्ष व्यक्ति घोषणा गरेको जानकारी वेभसाइटमार्फत गराएको छ।

म्यागेजिनले हरेक वर्ष सबभन्दा प्रभावकारी व्यक्ति, समूह, अभियान वा विचार भनेर घोषित गर्ने गरेको छ। गत वर्ष ‘दी गार्जियन’ का पत्रकारको समूहलाई वर्ष समूह घोषित गरेको थियो। उनीहरूले आफ्नो व्यवसायिक कार्यमा लक्षित भई काम गरेको भन्दै वर्ष समूह घोषित गरिएको थियो।

सन् २०१६ मा अमेरिकी राष्ट्रपति वर्ष व्यक्ति घोषित भएका थिए। त्यसपछि थन्बर्ग पहिलो पटक वर्ष व्यक्तिका रूपमा घोषित भएकी हुन्।

‘थन्बर्ग ब्रह्माण्डले भोगिरहेको सबभन्दा ठूलो मुद्दामा सबभन्दा ठूलो आवाज भएकी छिन्,’ टाइमका प्रमुख सम्पादक इडवार्ड फेल्सेन्थलले भनेका छन्, ‘उनी चौध महिनाअघि प्लेकार्ड लिएर विरोध गर्ने एक्लो अभियन्ता थिइन्। अहिले उनले संसारका लाखौँलाई नेतृत्व गरेकी छिन्।’

प्रकाशित मिति: : 2019-12-11 21:24:55

प्रतिकृया दिनुहोस्