लोकसेवा आयोगले माग्यो ७६८ जना शाखा अधिकृत

फाइल तस्बिर: बिएल

लोकसेवा आयोगले ७६८ जना शाखा अधिकृतको माग गरेको छ। आयोगले बुधबार निकालेको विज्ञापनअनुसार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी सो संख्यामा अधिकृतको माग गरिएको हो।

जसअनुसार न्याय सेवा अप्राविधिकको लागि १३६ जना माग गरिएको छ भने महिला ३७, आदिवासी जनजाती ३०, मधेसी ३०, दलित ११, अपांग ६ र पिछडिएको बर्ग ५ जना माग गरिएको छ।

यसैगरी प्रशासन, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसदतर्फका विभिन्न सेवा तथा समूहमा खुलातर्फ २८३ जना अधिकृत माग गरिएको छ।

यस्तै महिला ७७, आदिबासी जनजाती ६१, मधेसी ५१, दलित २०, अपाङ्ग ११ र पिछडिएको क्षेत्रबाट १० जना माग गरिएको छ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस १५ गतेभित्र आवेदन दिनुपर्नेछ। यता दोब्बर दस्तुर तिरेर पुस २२ गतेभित्र पनि आवेदन दिन सकिने आयोगले जनाएको छ। आवेदन अनलाइनमार्फत दिनुपर्नेछ।

 

प्रकाशित मिति: : 2019-12-11 09:15:07

प्रतिकृया दिनुहोस्