सागको स्वर्ण विजेता नेपाली यू–२३ टोलीले जापानसँग मैत्रीपूर्ण खेल खेल्ने

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता नेपाली राष्ट्रिय यू–२३ पुरुष फुटबल टोलीले जापानको यू–२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार बिहिबार यू–२३ टिमले जापानको एमेच्योर क्लबसँग २ मैत्रीपूर्ण खेल्न लागेको हो।

यसक्रममा डिसेम्बर १३ (शुक्रबार) को दिन राष्ट्रिय टोली र जापानी टोलीबीच खेल हुनेछ।

यस्तै आइतबार नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दीसँग जापानी टोलीले मैत्रीपूर्ण खेल खेल्ने छ।

यदी मनाङले खेल्न नचाहेमा कुनै अर्को टोलीले खेल खेल्ने एन्फाले बताएको छ।

 

प्रकाशित मिति: : 2019-12-11 08:43:19

प्रतिकृया दिनुहोस्