लिभरपुल समूह विजेता बन्दै च्याम्पियन्स लिगको नकआउट चरणमा

तस्बिर:एजेन्सी

लिभरपुल समूह विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

मंगलबार राति भएको खेलमा लिभरपुलले रेलबुल साल्जवर्गलाई २–० गोल अन्तरले हरायो। लिभरपुलको जितमा नाबी केईटा र मोहमद सलाहाले एक एक गोल गरे।

लिभरपुलले दुवै गोल खेलको दोस्रो हाफमा गर्यो।

केईटाले ५७ औ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। लगत्तै दोस्रो मिनेटमा मोहमद सलाहाले लिभरपुलका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे ।

समूह ईको विजेताको रुपमा लिभरपुलले १३ अंक बटुल्यो। नापोली १२ अंक सहित दोस्रो स्थानमा रहेर नकआउट चरण पुग्ने दोस्रो टिम बन्यो।

साल्जवर्ग ७ र जेन्क १ अंक सहित तालिकाको पुछारमा रहे।

प्रकाशित मिति: : 2019-12-11 07:40:04

प्रतिकृया दिनुहोस्